राहदानी खरिद विवाद : जर्मनी दूतावासले भन्यो– ‘विरोधपत्र दिइएको छैन’
काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केही सञ्चारमाध्यममा आएका दाबीहरू तथ्यहीन रहेको स्पष्ट पारेको छ । दूतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा निमन्त्रणा गरिएको मात्र हो, बोलावट (समन) नगरिएको स्पष्ट गरेको छ ।
