एनएमबि बैंकले नयाँ अटो लोन योजना सार्वजनिक गर्यो, ७.१३% ब्याजदरमा गाडी किन्न सकिने
३ भदौ, काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ मा सहभागिता जनाउँदै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ७.१३ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा लिन सक्नेछन्। बैंकले यो योजना चाडपर्वलाई लक्षित गर्दै सीमित अवधिका लागि ल्याएको हो। आवेदन प्रक्रिया सजिलो र लचिलो बनाइएको बैंकले जनाएको छ।
