नाडा अटो शो–२०२५ प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
३ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२५ सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं संस्करणको नाडा अटो शोको उद्घाटन गरेका हुन् ।
