SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

ट्रम्पले क्रिप्टोकरेन्सी कारोबारबाट एक वर्षमै कमाए एक अर्ब डलर, सम्पत्ति ४ अर्ब २० करोड डलरले वृद्धि

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलरबराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारी नैतिकता कार्यालयले मंगलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गरेका हुन् ।