मधेस प्रदेशसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल
जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको प्रदेश विनियोजन विधेयकअन्तर्गत विषयगत मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार बजेटमाथिको छलफलका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
