मुग्लिन–नारायणगढ सडकमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा बुधबार बिहान खसेको सुक्खा पहिरो हटाइएपछि सवारी आवागमन पुनः सुचारु भएको छ । तुइन खोलास्थित सडकमा सुक्खा पहिरो खसेपछि केही समयका लागि सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको जनाएको छ ।
