श्रीमानले जंगली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।
