SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले सरकारले भारतसहित विभिन्न देशबाट आयात प्रक्रिया अघि बढाएको हो ।