SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०२:२२ AM · 1 मिनेट पढाइ

वर्तमान सरकारले देशलाई गलत दिशामा लग्यो : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको समग्र अवस्था बिग्रँदै गएको र त्यसको प्रत्यक्ष असर खेलकुदलगायत सबै क्षेत्रमा परेको बताएका हुन् ।