SHARE
लोक पथ · बुधबार १७ असार २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बिहान ११ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा शपथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यले शपथ लिनेछन् ।