‘नाडा अटो शो’ प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो : करण चौधरी
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने ४० प्रतिशत सवारी नाडा अटो मार्फत हुने गरेको दाबी गरेका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् ।
