फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाको विकल्प खोज्दैछौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए ।
