नागरिकता र भूमि अधिकारको माग गर्दै सुस्तावासी माइतीघरमा, सुरू गरे धर्ना
काठमाण्डु- नवलपरासी सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौं आइपुगेका छन्। मंगलबारदेखि माइतीघर मण्डलामा नागरिकता र भूमि अधिकारको माग गर्दै धर्ना सुरु गरेका छन् । ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’को नेतृत्वमा उक्त धर्ना कार्यक्रम सुरु भएको हो।
