विपक्षी दलहरुको एकैस्वर– ‘उपसभामुखको पक्षमा सरकारविरुद्ध सशक्त प्रतिरोध हुन्छ’
काठमाडौं । सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसाय देखाएपछि विपक्षी दलहरुले त्यसको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेका छन् । आज सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निष्कर्ष निकालेको हो ।
