SHARE
लोक पथ · मङगलबार ३ भौ २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

उपसभामुख हटाउन हस्ताक्षर गर्ने वा नगर्ने निर्णय अझै लिइसकेका छैनौँ : रञ्जिता श्रेष्ठ

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पदीय मर्यादा विपरीत आचरण गरेको अभियोगमा उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेबारे आफ्नो पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको बताएकी छिन् । श्रेष्ठले कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा भेटेर निस्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन् ।