इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारको ताकेता : नभए दर्ता, नामसारी र नवीकरण रोकिने
काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्न ताकेता गरेको छ । गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । जसअनुसार आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान नगरेमा सवारी, दर्ता र नवीकरण नहुने समेत बताइएको छ ।
