SHARE
लोक पथ · मङगलबार ३ भौ २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

म्यादभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवनको बाँकी काम समयभित्रै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा निर्माण ठेकेदारहरूसँगको छलफलका क्रममा उनले संसद् भवन निर्माणमा धेरै समय लागिसकेको र अहिले पनि समयमै काम सकिने कि नसोचिएको प्रश्न उठिरहेको बताएका छन् ।