SHARE
लोक पथ · मङगलबार ३ भौ २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

कानुननै बनाएर घरेलु मदिरालाई ब्राण्डिङ गर्न अघि बढ्यो गण्डकी प्रदेश

काठमाडौं । गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए ।