एनआरएनए युएस एनसीसी टेक्सस च्याप्टरको अध्यक्षमा निकेश पोखरेल निर्वाचित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको निर्वाचन हालै सम्पन्न भएको छ । यस क्रममा एनआरएनए एनसीसी युएसए टेक्सस च्याप्टरको अध्यक्षमा निकेश पोखरेल विजयी भएका छन् । त्यस्तै पोखरेलको कार्यसमितिको उपाध्यक्षमा विजेन्द्र शाह तथा महिला उपाध्यक्षमा दीपादेवी अयर निर्वाचित भएका छन् ।
