बैठक नै नबसी सर्यो कोशी प्रदेशसभा बैठक
काठमाण्डु– कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताए।
