SHARE
लोक पथ · मङगलबार ३ भौ २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र टिकटकबिच साझेदारी

काठमाडौं । विश्वसामु नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबिच साझेदारी भएको छ । यस अन्तर्गत लाइफ टाइम एक्सपेरियन्स नामक विशेष अभियान सुरु गरिएको हो । जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको बताइएको छ ।