‘किरियापुत्री’ बोलाउन गएका बेला चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएको बेला आज दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको हो ।
