माइतीघरमा जसपा नेपालको मसाल जुलुस : डेढ दर्जन कार्यकर्ता पक्राउ, केही घाइते
काठमाडौं । गौर हत्याकाण्डबारे सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा निस्किएका जनतासमाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरु पक्राउ परेका छन् । मंगलबार साँझ काठमाडौंको माइतीघरमा प्रदर्शनमा निस्किएका ढेड दर्जनबढी कार्यकर्ताहरु पक्राउ परेका हुन् । सोमबार सर्वोच्च अदालतले २०६३ साल चैतमा भएको गौर नरसंहारको अनुसन्धानलाई अघि बढाउन आदेश दिएको थियो ।
