SHARE
काठमाण्डुपाटी · मङगलबार १६ असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

पाटन उच्च अदालतका उप–रजिस्ट्रार पराजुलीको निधन

काठमाण्डु– उच्च अदालत पाटनका उप–रजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ । पराजुलीको मंगलबार बिहान निधन भएको अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए । मंगलबार बिहान नुहाउन बाथरुम गएका बेला उनी अचेत भएका थिए । परिवारले तत्काल भक्तपुर अस्पताल लगेकामा चिकित्सकले केही समयपछि मृत घोषण गरेका थिए । पराजुलीलाई हृदयघात भएको आशंका गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी