सांसदहरुले भाषा, व्यवहार र आचरण सुधार्न जरुरी छः मन्त्री गौतम
काठमाण्डु– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले पछिल्लो समय सांसहरुको गुणस्तर खस्किएको टिप्पणी गरेकी छन् । ६८औं संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले आफ्नो मर्यादा कायम राख्ने काम सांसद् स्वयंको भएको बताइन् । संसदको गुणस्तर खस्किएको भन्ने जनगुनासोबारे आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
