तीन दिन मनसुन थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ। देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन अर्थात् असार १६, १७ र १८ गते विभिन्न प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
