शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : भीष्मराज आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन् । ६८ औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संकटमा पार्न नहुनेमा जोड दिए ।
