काभ्रेमा बर्डफ्लु संक्रमण : ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट
काठमाण्डु– काभ्रेमा बर्डफ्लु संक्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
