काभ्रेमा बर्डफ्लु प्रकोप : ४० हजारभन्दा बढी हाँस र कुखुरा नष्ट
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु सङ्क्रमण तीव्र रूपमा फैलिएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ । जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका अनुसार पछिल्ला केही हप्तादेखि कुखुरा मर्न थालेपछि व्यावसायिक पोल्ट्री फार्महरूमा रहेका ४० हजार ७२९ हाँस तथा कुखुरा नष्ट गरिएको हो ।
