SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

दुई ठाउँमा पहिरो खस्दा कान्तिराजपथ पूर्ण रूपमा अवरुद्ध

मकवानपुर । लगातार परेको वर्षाका कारण मकवानपुरमा पर्ने दुई स्थानमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग कान्तिराजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२, ठिंगनस्थित कान्तिराजपथ खण्डमा राति १२ बजेदेखि परेको वर्षापछि पहिरो खसेर सडक बन्द भएको हो । पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक खोल्न कठिन भएको जनाइएको छ ।