जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, ५ जनाको मृत्यु
स्टेड – जर्मनीको उत्तरी सहर स्टेडस्थित युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आशंकामा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोलीकाण्डमा ५ जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले पनि सामान्य चोटपटक भोगेका छन् ।
