ठेकेदारको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र
खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच वि।सं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।
