इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
एजेन्सी । इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ । टर्कीको निकट सहयोगी अजरबैजानले यो निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ ।
