पटनाका दुग्ध उत्पादक किसान चितवनमा
चितवन । भारतको पटनाका दुग्ध उत्पादक किसानको समूह यहाँको दुग्धजन्य वस्तु उत्पादन र बिक्री वितरणको बारेमा अध्ययन गर्न आएको छ । चितवनमा दूध उत्पादनको अवस्था र दुग्धजन्य वस्तुको उत्पादन तथा खपतको बारेमा जानकारी लिन त्यहाँको सुधा डेरीका डेरीका अध्यक्ष सञ्जय कुमारको नेतृत्वमा दुग्ध उत्पादक किसान समूह नेपाल आएको हो ।
