SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजको बैठकमा राख्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।