SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

आफ्नै गाडीको कालो सिसा हटाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर उनले कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका हुन् ।