नेपाल एसबिआई बैंकद्वारा ३३औँ वार्षिकोत्सवको अवसरमा ‘एमडी’स कप फुटसल प्रतियोगिता-२०८३’ आयोजना
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा MD’s Cup Futsal Tournament-2083 आयोजना गरेको छ । २०८३ असार २८ गते काठमाडौँ स्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
