युरोपमा बढ्दै ‘मौन हत्यारा’
काठमाण्डु – युरोपमा गर्मी सुरु भएसँगै देखापरेको अभूतपूर्व उष्णलहरका कारण हजारौँ मानिसको मृत्युु भएको छ । अत्यधिक गर्मीको अवस्था पूर्वतर्फ सर्दै गर्दा युृरोप महादेशभरि विश्व तापक्रमका रेकर्डहरू तोडिएका छन्। जर्मनी, पोल्यान्ड र चेक रिपब्लिकसहितका देशहरूमा तापक्रम वृद्धिले थुप्रैको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।
