SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङकरबाट पानी वितरण गर्ने गरेको छ । संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उनले भने, “त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।