SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनुको विकल्प छैनः सांसद ढुंगाना

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन् ।