प्रस्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाइ समितिका सभापतिको प्रश्नैप्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित आयुक्त राजीव सुब्बालाई उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा मङ्गलवार प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका हुन् ।
