SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले मुलुकको निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएकी छन् । मङ्गलवार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा बोल्दै उनले निर्वाचनमा प्रविधिको प्रयोग, यसको सुरक्षा र समावेशिताका विषयमा धारणा राखेकी हुन् ।