SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलवार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा सांसद पुनले यस्तो बताएका हुन् ।