SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

बाँकेमा खेतका फाँट धुलाम्य, पानी नपर्दा बिउ राखेका खेत चिरा परे

यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्य देखिएका छन्। जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ। असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारुले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए।