SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ १२:५८ AM · 1 मिनेट पढाइ

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा प्रिक्वार्टरफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रङ्गशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे ।