SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

सङ्खुवासभामा चट्याङ लागेर एक महिलाको मृत्यु

काठमडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।