नुहाउन गएका २ बालकको डुबेर मृत्यु
चन्द्रपुर – रौतहटको बागमती नदीमा नुहाउन गएका २ बालकको डुबेर मृत्यु भएको छ । आईतबार दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको ८ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका ८ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
