SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

१५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

आफ्नी अर्धाङ्गिनीको जीवन बचाउन आफूसँग भएको सर्वस्व गुमाइसकेपछि एक सर्वसाधारणले परोपकारी मनहरूसमक्ष आफ्नो आँसु र विवशता पोख्दै आर्थिक सहयोगको अपिल गरेका छन् । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी ३) वर्षीया बिरामी पत्नी पूजा देवीको थप उपचारका लागि हारगुहार गरेका हुन् ।