SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सहकारी समस्या समाधान हुन लागेको तथ्यलाई स्विकार्न नसक्नुभएको हो?- मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गर्ने क्रममा राज्यकोषको रकम प्रयोग नभएको स्पष्ट पारेकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा ‘सहकारी पहिलो संशोधन विधेयक’ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।