राष्ट्रिय हितको विषयमा सरकारको रवैया शङ्कास्पद छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शङ्कास्पद रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
